दफा ७
प्रहरी कर्मचारीको समायोजन
(१) दफा ३ बमोजिम कायम भएको प्रदेश प्रहरीको सङ्गठन संरचना तथा दरबन्दीमा दफा ६ बमोजिम तयार गरेको विवरण तथा दफा ८ बमोजिमको आधारमा प्रहरी नायब उपरीक्षक वा सोभन्दा मुनीका प्रहरी कर्मचारीलाई मन्त्रालयले समायोजन गर्नेछ।
(२) उपदफा (१) बमोजिम समायोजन भएको राजपत्राङ्कितस्तरको प्रहरी कर्मचारीलाई मन्त्रालयले र राजपत्र अनङ्रितस्तरको प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले समायोजनको पत्र दिनेछ।
(३) दफा ३ बमोजिम कायम भएको सङ्गठन संरचना तथा दरबन्दीमा उपदफा (१) बमोजिम समायोजन गर्दा त्यस्तो प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई तलब वृद्धि (ग्रेड) थप गरी समायोजन गरिनेछ।
(४) यस दफा बमोजिम प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजन गर्दा कायम हुने तलब निजले साविकमा खाइ्पाइ आएको तलबभन्दा कम हुने भएमा ग्रेड थप गरी तलब मिलान गरिनेछ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (३) र (४) बमोजिम प्रदेश प्रहरीमा समायोजन गर्दा थप गरिएको ग्रेड त्यस्तो कर्मचारीले पाउने अधिकतम ग्रेडभन्दा बढी हुने भएमा त्यसरी थप भएको ग्रेड समेत दिइनेछ।
(६) यस दफा बमोजिम प्रदेश प्रहरीमा समायोजन भएको प्रहरी कर्मचारी अस्वस्थ भई सेवामा रहन नसक्ने भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले सिफारिस गरेमा वा अनिवार्य अवकाश हुने अवस्था भएमा बाहेक समायोजन भएको न्यूनतम एक वर्ष सेवा अवधि पूरा नभई राजीनामा दिएमा वा स्वेच्छिक अवकाश लिएमा निजलाई समायोजन हुनुअघि बहाल रहेको पदबाट पाउने सुविधा मात्र दिइनेछ।
(७) यस दफा बमोजिम प्रदेश प्रहरीमा समायोजन भए बाहेकका अन्य प्रहरी कर्मचारी नेपाल प्रहरीमा स्वतः कायम भएको मानिनेछ।
(८) उपदफा (७) बमोजिम नेपाल प्रहरीमा कायम भएका प्रहरी कर्मचारीलाई दफा ३ बमोजिम कायम हुने नेपाल प्रहरीको पदमा समायोजन गरिनेछ ।
(९) उपदफा (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ बमोजिम कायम भएको नेपाल प्रहरीको सम्बन्धित पदको दरबन्दीभन्दा उपदफा (७) बमोजिम नेपाल प्रहरीमा कायम भएका प्रहरी कर्मचारीको सङ्ख्या बढी भएमा क्रमशः कार्यरत पदको ज्येष्ठता र उमेरको ज्येष्ठतालाई प्राथमिकता दिई मन्त्रालयले समायोजन गर्नेछ।